PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतमा विवाह गरेकी नेपाली युवतीको सीमावर्ती क्षेत्रमा शव फेला, हत्या भएको प्रहरी आशंका



पहिलोपोस्ट

भारतमा विवाह गरेकी नेपाली युवतीको सीमावर्ती क्षेत्रमा शव फेला, हत्या भएको प्रहरी आशंका
प्रतीकात्मक तस्विर

विराटनगरः विराटनगर महानगरपालिका-११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किलोमिटर दक्षिण परमान खोलामा आइतबार फेला परेको छ।

भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारी अनुसार विराटनगर-११ माइती भएकी २२ वर्षीया रञ्जना सहनी (बहरदार) को शुक्रवार राति भारतको अररिया जिल्लाको जोगवनीस्थित भेडयारीमा हत्या भएको अनुमान गरिएको छ। मृतकको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक देखिएको छ। सहनीलाई दाइजोका लागि उनका परिवारका सदस्यले हत्या गरेको आशङ्का गरिएको छ।

भारतीय प्रहरीले हत्या आरोपमा मृतकका पति भारतीय नागरिक जोगवनी भेडयारीका २५ वर्षीय भीम बहरदार सहनी, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई पक्राउ रहेको छ। सासू र जेठानी  भने फरार रहेकोमा उनीहरुलाई खोजीकार्य भइरहेको भारतीय प्रहरीको भनाइ रहेको छ।

कुटपिटपछि हत्या भएको अनुमान गरिएको छ भने थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell