PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

साफ यू १५ महिला च्याम्पियनसिपमा नेपाल जितविहीन



पहिलोपोस्ट

साफ यू १५ महिला च्याम्पियनसिपमा नेपाल जितविहीन

दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ महिला यू १५ मा भुटानसँग १–१ बराबरी खेलेसँगै नेपाल प्रतियोगितामा जितविहीन बन्दै बाहिरिएको छ।

भुटानको थिम्पुमा जारी प्रतियोगिताको आइतबारको दोस्रो खेलमा नेपाल र भुटानले १–१ को बराबरी खेलेका हुन्। जारी प्रतियोगितामा यसअघि नै समान २ खेलमा पराजय भोग्दै अन्तिम खेलअघि नै दुवै नेपाल र भुटान उपाधी होडबाट बाहिरिइसकेका थिए।  र, अन्तिम खेलमा पनि सान्त्वना जित निकाल्न नसक्दा नेपाल प्रतियाेगितामा जितविहीन बनेकाे हाे।

यसअघिको खेलमा नेपाल बंगलादेश र भारतसँग पराजित भएको थियो। प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो। त्यस्तै दोस्रो खेलमा बंगलादेशसँग २–१ ले पराजित भएको थियो। अर्कोतर्फ भुटानले पनि अघिल्ला दुई खेलमै पराजय भोगेको छ। भुटानले उसको पहिलो खेलमा बंगलादेशसँग २–० को पराजय भोगेको थियो भने दोस्रो खेलमा भारतसँग १०–१ को गोल अन्तरले पराजित भएको थियो।

त्यस्तै हिजै भएको अर्को खेलमा अर्को खेलमा भारत र बंगलादेशले पनि १–१ को बराबरी खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell