PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

अर्जेन्टिना र स्कटल्यान्डको आधा दर्जन गोल, वेल्स र क्रोएसियाको बराबरी



पहिलोपोस्ट

अर्जेन्टिना र स्कटल्यान्डको आधा दर्जन गोल, वेल्स र क्रोएसियाको बराबरी

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको छ।

जितका लागि अर्जेन्टिनाले पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा ३ गोल गरेको थियो। त्यस्तै इक्वेडरका लागि खेलका ४९ मिनेटमा मेनाले सान्त्वना गोल गरेका थिए। 

अर्जेन्टिनाका लागि लुकास एलारियोले खेलको २० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। फेरि २७ औं मिनेटमा अर्जेन्टिनाले आत्मघाती गोल उपहार पाएको थियो। त्यस्तै, ३२ औं मिनेटमा ड्यानियलले पेनाल्टीमार्फत गोल फर्काउँदा अर्जेन्टिना पहिलो हाफमा ३–० ले अगाडि थियो।

फेरि दोस्रो हाफमा पेजेला, डोमिङ्गिज र ओसाम्पसले गोल थप्दा अर्जेन्टिनाले इक्वेडरमाथि ६–१ को फराकिलो जित निकाल्न सफल भयो।

स्कटल्यान्ड ६–० ले विजयी

त्यस्तै गएराति नै भएको युरोकप छनोटको खेलमा स्कटल्यान्डले सन मारिनोलाई ६–० ले पराजित गर्‍यो।

पहिलो हाफको १२ औं, २७ औं र ४५ औं मिनेटमा जे म्याकजिनले ह्याट्रिक गोल गर्दा पहिलो हाफमै स्कटल्यान्ड ३–० को सहज अवस्थामा पुगिसकेको थियो। दोस्रो हाफमा पनि स्कटल्यान्डले ३ गोल थप्न सफल भयो। खेलको ६५ औं मिनेटमा सन्कल्यान्ड, ६७ औं मिनेटमा फिन्डले र ८६ औं मिनेटमा आर्मस्ट्रङले गोल गर्दा स्कटल्यान्डले सन मारिनोमाथि ६–० काे सहज जित हात पार्न सफल भयो।

क्रोएसिया र वेल्सको बराबरी
गएराति नै भएको अर्को खेलमा क्रोएसियाले अग्रता जोगाउन नसक्दा वेल्ससँग बरावरी खेलेको छ।

खेलको नवौं मिनेटमै भ्लासिकको गोलबाट क्रोएसियाले अग्रता लिएको थियो। प्रतिस्पर्धात्मक बनेको खेलमा बेलले ४५ औं मिनेटमा गोल गर्दै वेल्सलाई बराबरीमा रह्यो। दोस्रो हाफमा कुनै टिमले गोल गर्न नसक्दा क्रोएसिया र वेल्स १–१ को बराबरीमा रोकिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell