PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

म्याराथनमा १६ वर्ष पुरानो रेकर्ड तोड्दै ब्रिगिडले बनाइन् नयाँ रेकर्ड



पहिलोपोस्ट

म्याराथनमा १६ वर्ष पुरानो रेकर्ड तोड्दै ब्रिगिडले बनाइन् नयाँ रेकर्ड

सिकागो म्याराथनमा ब्रिगिड कोस्गेईले महिला म्याराथनमा नयाँ रेकर्ड बनाएकी छिन्। उनले १६ वर्ष पुरानो पाउला रेडक्लिफको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएकी हुन्।

ब्रिगिडले २ घन्टा १४ मिनेट ४ सेकेन्डमा दौड पूरा गर्दै रेडक्लिफको १६ वर्ष पुरानो २ घन्टा १५ मिनेट २५ सेकेन्डको रेकर्डलाई पछि पारेकी हुन्।  ब्रिगिड रेडक्लिफभन्दा ८१ सेकेन्डले अगाडि रहिन्। यसअघि रेडक्लिफले यो रेकर्ड लन्डन म्याराथन २००३ मा बनाएकी थिइन्।

रेडक्लिफको उक्त रेकर्ड पुरुष र महिला दुवै विधामा लामो समयसम्म टिकेको रेकर्ड थियो।

सिकागो म्याराथनमा ब्रिगिडसँगै इथियोपियाकी अबाबेल येसानाले दोस्रो स्थान बनाएकी थिइन्। येसानाले रेस ब्रिगेडभन्दा ६ मिनेट ४७ सेकेन्ड पछाडि रहँदै पूरा गरिन्।

२५ वर्षीया केन्याली नागरिक ब्रिगिडले अघिल्लो वर्ष रेस २ घन्टा १८ मिनेट ३५ सेकेन्डमा पूरा गरेकी थिइन्।

'मलाई एकदमै राम्रो लागेको छ। अत्यन्तै खुशी छु। मलाई लागेको थिएन कि म यति छिटो दौडने छु,' ब्रिग्रिडले भनिन्।

ब्रिगिडले सिकागो म्याराथनमा रेकर्ड बनाउँदै गर्दा रेडक्लिफ पनि त्यहाँ उपस्थित थिइन्। र, उनले ब्रिगिडलाई बधाईसमेत दिएकी थिइन्।

'ब्रिगिडको गति जब मैले देखें पहिलो हाफमै मैले मेरो रेकर्ड तोडिँदैछ भन्ने थाहा पाइसकेको थिएँ,' रेडक्लिफले प्रतिक्रिया दिइन्।

रेस अझ कम समयमा पूरा गर्न अझ प्रयास गर्ने ब्रिगिडले बताएकी छिन्। 'मलाई लाग्छ, २ घन्टा १० मिनेट समय एक महिलाको लागि रेस पूरा गर्न सम्भव छ,'  उनले भनिन्, 'म अब रेसको समय अझै घटाउनमा केन्द्रीत हुनेछु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell