PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बिसिसिआईको अध्यक्ष बन्ने होडमा सौरभ गांगुली



पहिलोपोस्ट

बिसिसिआईको अध्यक्ष बन्ने होडमा सौरभ गांगुली
तस्बिर: द हिन्दु

भारतीय क्रिकेट टिमका पूर्वकप्तान सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)को अध्यक्ष बन्ने होडमा छन्।

उनीसँगै भारतीय क्रिकेट टिमका पूर्व सदस्य बृजेश पटेलले पनि अध्यक्षका लागि तयारी गरिरहेका सञ्चारमाध्यमहरुले जनाएका छन्।

बिसिसिआईको सचिवमा भने भारतका गृहमन्त्री अमित शाहका छोरा जय शाहलाई नियुक्त गर्ने तयारी भइरहेको बताइएको छ। यसका लागि बिसिसिआईको विभिन्न इकाइहरुमा अनौपचारिक छलफल चलिरहेको जनाइएको छ।
त्यस्तै भारतको केन्द्रीय वित्तमन्त्री अनुराग ठाकुरका भाइ अरुण धुमलकाे बिसिसिआईको कोषाध्यक्ष पदका लागि तयारी चलिरहेको बताइएको छ।

अर्कोतर्फ द हिन्दुले भने सौरभ गांगुली बिसिसिआईको अध्यक्ष तथा बृजेश पटेल आइपिएलको अध्यक्ष हुने गरी छलफल अघि बढेकोे जनाएको छ।

यसअघि गांगुलीलाई बिसिसिआईको उपाध्यक्ष बनाउने बहस चले पनि उनले त्यो अस्वीकार गरेका थिए। बिसिसिआईको चुनाव २३ अक्टुबरमा हुने बताइएको छ। र, आज नाम दर्ता गर्ने अन्तिम दिन हो।

६७ वर्षीय बृजेशले भारतका लागि २१ टेस्ट म्याच खेलेका छन्। त्यस्तै सौरभ गांगुलीले ११३ टेस्ट र ३११ एकदिवसीय खेलेका छन्।

४७ वषीय सौरभ गांगुली हाल बंगाल क्रिकेट एसोसिएसन(बिसिए)को अध्यक्ष छन्। बिसिएमा यो उनको दोस्रो कार्यकाल हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell