PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

भारतीय युवकको नेपाली भूमिमा हत्या



पहिलोपोस्ट

भारतीय युवकको नेपाली भूमिमा हत्या
प्रतीकात्मक तस्बिर

काठमाडौं: आइतवार रौतहटको इशनाथ नगरपालिका–४ मा गोली हानी हत्या गरिएका युवक भारतीय नागरिक भएको खुलेको छ। युवकको सम्पूर्ण सनाखत नभए पनि भारतीय नागरिक भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

आइतवार दिउँसो भारतीय नम्बर प्लेटको सेतो मोटरसाइकलमा आएका बन्दुकधारीले युवाको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको थियो। मृत युवाको पहिचान र मोटरसाइकल नम्बर खुल्न सकेको छैन।

सीमापारीबाट मोटरसाइकलमा ल्याएर गोली हानी फरार भएको बुझिएको थियो। 'घटनाको अनुसन्धान गरिरहेका छौं। थप केही जानकारी आउला,' एसपी खत्रीले भने।

नेपाल प्रहरीले भारतीय प्रहरीसँग मिलेर अनुसन्धान गरिरहेको छ। उनीहरुले नेपालमा ल्याएर युवकको किन हत्या गरे भन्ने खुलिकसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell