PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

चिनियाँ राष्ट्रपति सीको बिदाइसँगै उक्काइयो फ्लेक्स, उठाइयो फूल

चिनियाँ राष्ट्रपति सीको बिदाइसँगै उक्काइयो फ्लेक्स, उठाइयो फूल

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: चीनका राष्ट्रपति सी जिनपिङका लागि सजाउन सडकमा ल्याएको फूलसहितको गमला काठमाडौं महानगरपालिकाले उठाउन थालेको छ।

माइतीघर, सुन्धारालगायतका फूलसहितको गमला धमाधम उठाउँदै महनगरको गाडीले ओसार्न थालेको छ। माइतीघरको फूलसहितको गमला नजिकैको कृषि विकास बैंकतिर भित्र्याउँदै थियो भने सुन्धाराको गमला नगरपालिकाको गाडीमा उठाइएको थियो।

बिजुलीबजारको पुलमा राखिएको फ्लेक्स निकालेर पुलको छेउमा राखिएको थियो।

चीनका राष्ट्रपति सी शनिबार साँझ नेपाल भ्रमणमा आइपुगेका थिए भने आइतबार दिउँसो स्वदेश फर्केका थिए। उनको स्वागतका लागि काठमाडौंका सडक सिंगारिएको थियो। सडकका बिजुलीका पोलमा राष्ट्रपति सी र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बिर राखिएको थियो। ती तस्विरहरु आइतबार राति नै निकालिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell