PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

जुवा खालमा प्रहरीको छापाः कोजाग्रत पूर्णिमामा कौडा खलिरहेका ११ जना जुवाडे नियन्त्रणमा



पहिलोपोस्ट

जुवा खालमा प्रहरीको छापाः कोजाग्रत पूर्णिमामा कौडा खलिरहेका ११ जना जुवाडे नियन्त्रणमा

काठमाडौं: प्रहरीले ११ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी प्रभाग बूढानीकण्ठको टोलीले दशैंको कोजाग्रत पूर्णिमाको राति जुवा खेलिरहेका ११ जनालाई नियन्त्रणमा लिएको हो। विशेष सूचनाको आधारमा बूढानीलकण्ठ–४ स्थित क्वाटोलमा रहेको उत्तम कुइकेलको घरमा जुवा खेलाइरहेको अवस्था नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी उमेश लम्सालले जानकारी दिए। 'पहिले पनि जुवा खेलाएको प्रारम्भिक अनुसन्धान देखिएको छ। थप अनुसन्धान गरिरहेका छौं।'

कुइकेलले आफ्नो घरको भुईंतलामा जुवा खेलाउँदै आएका थिए। जुवाको खालबाट प्रहरीले  ४ लाख १० हजार रुपैयाँ र १६ थान कौडासमेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell