PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

चीनले पनि सुरक्षा व्यवस्थाको प्रशंसा गर्‍यो : गृहमन्त्री



पहिलोपोस्ट

चीनले पनि सुरक्षा व्यवस्थाको प्रशंसा गर्‍यो : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको क्रममा नेपाली सुरक्षाकर्मीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन्।

सोमबार गृह मन्त्रालयमा चारवटै सुरक्षा निकायका अधिकारीहरुलाई बोलाएर गृहमन्त्री थापाले धन्यवाद दिएका हुन्। गृहमन्त्री थापाले भ्रमणको क्रममा तयार पारेको सुरक्षा योजना प्रभावकारी भएको भन्दै विश्वस्तरमा नै नेपालको सुरक्षा व्यवस्थाबारे राम्रो सन्देश जाने बताएका थिए।

बैठकमा गृहमन्त्री थापाले नेपालको सुरक्षालाई लिएर चिनियाँ पक्षले पनि प्रशंसा गरेको जानकारी गराएका थिए।

बैठकमा नेपाल प्रहरीका एआइजी पुष्कर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका उपरथी शशिचन्द्र बहादुर सिंह लगायतको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell