PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

'रियल लाइफ कपल' निश्चल-स्वस्तिमा अब 'घामड शेरे'बाट 'रिल लाइफ' मा पनि एकसाथ



पहिलोपोस्ट

'रियल लाइफ कपल' निश्चल-स्वस्तिमा अब 'घामड शेरे'बाट 'रिल लाइफ' मा पनि एकसाथ

काठमाडौं : रियल लाइफ कपल निश्चल बस्नेत र स्वस्तिमा खड्का पहिलोपल्ट 'रिल लाइफ'मा पनि सँगै देखिने भएका छन्। 'निस्तिमा' (निश्चल–स्वस्तिमा) जोडीले पहिलो पटक फिल्म 'घामड शेरे' मा एउटै स्क्रिन शेयर गरेका हुन्। निस्तिमा जोडीले यसअघि सिल्भर स्क्रिनमा एकसाथ नदेखिएका भए पनि उनीहरुले निकै म्युजिक भिडियोमा सँगै अभिनय गरिसकेका छन्।

निश्चल र स्वस्तिमाको मुख्य भूमिका रहेको यस फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन्। फिल्ममा निश्चलको सालीको भूमिकामा स्वस्तिमा प्रस्तुत भएकी छिन्।

काठमाडौंमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा स्वस्तिमाले फिल्मको चरित्र अनुसार सुरुमा आफ्नै श्रीमानलाई भिनाजु भन्न निकै अप्ठयारो लागेको बताइन्।

उनले भनिन्, 'रियल लाइफमा म निश्चलको पत्नी भए पनि रिलमा पनि पत्नी नै भएर खेल्नु पर्छ भन्ने छैन। सुटिङ गर्दा सुरुमा निश्चललाई एकदुई दिनसम्म त भिनाजु भिनाजु भन्न अलि अप्ठयारो नै लागेको थियो तर पछि पछि अलि सजिलो भयो।'

फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै गौरी मल्ल, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याललगायतका कलाकारहरुले अभिनय गरेका छन्। 'घामड शेरे'मा अभिनेत्री गौरी मल्ललाई भने अतिथी भूमिकामा देख्न पाइनेछ।

सोसल ड्रामा र डार्क ह्युमर जनरामा निर्माण भएको यो फिल्म तिहारको अवसर पारेर कात्तिक ८ गतेदेखि देशभरि प्रदर्शन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell