PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

थिएटर मलमा शुरु भयो पपेट कार्यशाला



पहिलोपोस्ट

थिएटर मलमा शुरु भयो पपेट कार्यशाला
प्रतीकात्मक तस्विर

काठमाडौं : काठमाडौंमा पपेट (कठपुतली) निर्माण कार्यशाला सुरु भएको छ। थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेनको संयुक्त आयोजनामा कठपुतली कसरी डिजाइन गर्ने, बनाउने, सम्हाल्ने भन्नेबारे कार्यशाला सोमवारबाट आरम्भ भएको हो।

१५ जना थिएटर कलाकार र १० जना बालबालिकाका लागि थिएटर मलले आवेदन खुला गरेको थियो। आजदेखि १० दिनसम्म कीर्तिपुरस्थित राराहिल मेमोरियल स्कुलमा सञ्चालन हुने कार्यशालामा जापानबाट आएका निर्देशक तथा कलाकार एरिना ओगायाको टिमले प्रशिक्षण दिनेछ।

कार्यशालाबारे थिएटर मलका निर्देशक केदार श्रेष्ठले पपेट निर्माण, सिर्जना, प्रस्तुत गर्ने तरिकाको अभ्यास कार्यशालामा सिकाइनेछ। त्यस्तै पपेट प्ले तयार पारी अन्तिम दिन शो समेत गरिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell