PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

जहाज उड्न ढिला भएको भन्दै राजपाका सांसदले गरे विमानस्थल तोडफोड, 'मुटुका बिरामीको अवस्था देखेर आक्रोशित भएँ'



कुञ्जरमणि भट्टराई

जहाज उड्न ढिला भएको भन्दै राजपाका सांसदले गरे विमानस्थल तोडफोड, 'मुटुका बिरामीको अवस्था देखेर आक्रोशित भएँ'

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का एक सांसदले जनकपुर विमानस्थलमा तोडफोड गरेका छन्। सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रमोदकुमार साहले बुद्ध एयरको काउन्टर तोडफोड गरेका हुन्।

प्रशासनको लापर्बाहीका कारण आफू आक्रोशित भएको सांसद साहले स्वीकार गरे। विमानस्थलभित्र रहेको बुद्ध एयरको कारउन्टरको सिसा फुटेको विमानस्थलले जानकारी दिएको छ।

भएको के हो?

उनीसहित ३ जना प्रदेश सांसद विमानस्थलको अतिविशिष्ट कक्षमा थिए। काठमाडौंका लागि ११:४० बजेको उडान समय थियो। तर उडान समय तोकिएको अढाइ घण्टासम्म बुद्ध एयरको आएन्। 

तीन घण्टासम्म विमान ढिलो हुँदा र एक जना मुटुको बिरामीको अवस्थाबारे पटक–पटक विमानबारे जानकारी माग्दा वेवास्ता गरेको साहले बताए।

उनले भने, 'उडान ढिलाई भएकोबारेमा मैले विमानस्थलका प्रमुख र प्रमुख जिल्ला अधिकारलीलाई जानकारी दिएँ। मुटुको समस्या भएर उपचारका लागि जनकपुरबाट काठमाडौं जान लागेका शौखिलाल चौधरीको समस्याबारे एयरलाइन्सलाई जानकारी गराउँदा कर्मचारीले कुनै वास्ता गरेनन्। डाक्टरसँग समय पनि लिइसकेको रहेछ।'

यो अवस्थाबारे धनुषाका प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराएको उनले बताए। जनप्रतिनिधिको हैसियतले आफ्नो व्यक्तिगत कारणले भन्दा पनि विरामीको अवस्थाका कारण आफू आक्रोशित भएको उनले बताए।

उनले थपे, 'जनकपूर विमानस्थलको अवस्था नाजुक नै छ। विमानस्थलको विशिष्ठ कक्षमा ७ जना कर्मचारी छन्। हिजोदेखि चिया खाएको ग्लास र प्लेटहरुमा टेबुलमा छरपष्ट थिए। भन्न चाहिँ विशिष्ट भनिएको छ तर समान्य कक्षजस्तो पनि छैन्।'

विमानस्थलको रनवे जस्तो संवेदनशील कक्षमा गाई गोरुसमेत बस्ने अवस्थाले आफू असन्तुष्ट बनेको उनको भनाइ छ।

विमान आएपछि केही समय उनलाई चढ्न रोक लगाएको थियो। तर प्रजिअसँगको फोन संवादपछि आफू ३ वजे मात्रै काठमाडौं आइपुगेको साहले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell