PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

क्यानको निलम्बन आइसीसीद्वारा सशर्त फुकुवा



पहिलोपोस्ट

क्यानको निलम्बन आइसीसीद्वारा सशर्त फुकुवा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाल क्रिकेट एसोसिएसन (क्यान) माथि लगाएको प्रतिबन्ध सशर्त फुकुवा गरेको छ। सोमबार दुबईमा सम्पन्न बैठकले प्रतिबन्ध फुकुवा गरेको हो। तर, सर्त भने खुलाइएको छैन। 

सरकारी हस्तक्षेप बढेको भन्दै आइसीसीले सन् २०१६ मा क्यानमाथि निलम्बन गरेको थियो। निलम्बनसँगै नेपाली क्रिकेटको व्यवस्थापनको जिम्मेवारी पनि आइसीसीकै तदर्थ समितिले लिएको थियो। सोही समितिले क्यानको विधान संशोधन तथा नयाँ निर्वाचनको प्रक्रिया अघि बढाएको थियो। आइसीसीकै संलग्नतामा असोज ११ गते क्यानको निर्वाचन भएको थियो। 

आइसीसीका अध्यक्ष शशांक मनोहरले नेपालले गरेको प्रगतिलाई ध्यानमा राख्दै एशोसिएट सदस्यको मापदण्ड पूर्ण पालना गर्न संक्रमणकालीन योजना बनाइने बताएका छन्। 

बैठकले जिम्बाब्बेमाथिको प्रतिबन्ध पनि हटाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell