PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

विश्वकप क्रिकेटको फाइनल याद छ? अब बाउन्ड्री गनेर हुँदैन विजेता घोषणा, आइसीसीले बदल्यो नियम



पहिलोपोस्ट

विश्वकप क्रिकेटको फाइनल याद छ? अब बाउन्ड्री गनेर हुँदैन विजेता घोषणा, आइसीसीले बदल्यो नियम
Photo: cricinfo

जुलाईमा लन्डनमा सम्पन्न क्रिकेट विश्वकपको फाइनलमा बाउन्ड्री गणना गरेर विजेता घोषणा गरेको विषयमा विवाद भएपछि आइसिसीले यो नियममा परिवर्तन ल्याएको छ। आइसिसीको दुबईमा बसेको बोर्ड बैठकले सुपर ‌ओभरको नियम परिवर्तन गरेको हो।

लर्डसमा भएको विश्वकप फाइनलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड दुवैले निर्धारित ५० ओभरमा २४१ रन बनाएका थिए। खेलको छिनोफानोका लागि सुपर ओभर खेलाइएको थियो। सुपर ओभरको खेलमा पनि दुवैले १५/१५ रन नै जोडेका थिए। सुपर ओभरमा समेत बराबर भएपछि ‘बाउन्ड्री काउन्ट’मा इंग्ल्यान्डलाई विजेता घोषित गरियो। विश्वकपको फाइनल खेल सुपर ओभरमा गएको पहिलोपटक थियो।

खेलमा इ‌ग्ल्यान्डले २६ र न्युजिल्यान्डले १७ बाउन्ड्री हानेका थिए। 

बाउन्ड्री काउन्टका आधारमा विजेता घोषित भएपछि यो नियमको विरोध भएको थियो। 

नयाँ नियम अनुसार अब फाइनल र सेमिफाइनलमा सुपर ओभरको खेल पनि बराबरी भएमा एउटा टिमले बढी रन नबनाएसम्म सुपर ओभर जारी रहनेछ। यो नियम टी २० र एकदिवसीय दुवैमा लागू हुनेछ।

समूह चरणमा सुपर ओभर पनि बराबरी भएमा खेल बराबरीमा सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell