PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

अस्पतालबाट महरालाई पुर्‍याइयो सरकारी वकिल कार्यालय, अदालत लगिँदै



प्रवीण रानाभाट

अस्पतालबाट महरालाई पुर्‍याइयो सरकारी वकिल कार्यालय, अदालत लगिँदै

काठमाडौँः बलात्कार आरोपमा प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको छ। नर्भिक अस्पतालबाट महरालाई सरकारी वकिल कार्यालय लगिएको हो। 

उनलाई आजै म्याद थपका लागि अदालत उपस्थित गराइँदैछ। 

अनुसन्धान सकेपछि प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउँछ। प्रहरीको अनुसन्धान चित्त बुझेमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा लिएर जान्छ। त्यसपछि अदालतमा बयान र थुनछेक प्रक्रिया प्रारम्भ गर्नेछ। अदालतले धरौटी वा तारेखमा रिहा गर्ने अथवा पूर्पक्षका लागि थुनामा पठाउने समेत आदेश गर्न सक्छ।

धरौटी वा पूर्पक्षको लागि थुनामा रहेमा सांसद् पदबाट स्वतः निलम्बित हुनेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell