PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरियाली पप स्टार सुलीको मृत्यु



पहिलोपोस्ट

कोरियाली पप स्टार सुलीको मृत्यु
फोटोः न्युयोर्क टाइम्स

काठमाडौं : दक्षिण कोरियाकी लोकप्रिय पप स्टार सुलीको मृत्यु भएको छ। उनको २५ वर्षको उमेरमा मृत्यु भएको हो। सुलीको सोमवार आफ्नै निवासमा मृत्यु भएको न्युज एटिनले जनाएको छ।

बारम्बार फोन गर्दा सुलीको फोन नउठेपछि सुलीको म्यानेजर राति नै उनको घर पुगेका थिए। प्रहरीले बताएअनुसार सुलीलाई उनको म्यानेजरले उनकै घरमा मृत फेला पारेका थिए। सुली लामो समयदेखि डिप्रेसनमा थिइन्।

उनले ११ वर्षको उमेरदेखि सांगीतिक करियर सुरु गरेकी थिइन्। पप गायनमा सुली भनेर चिनिने उनको वास्तविक नाम भने जोय जिन री हो। तर उनी आफ्नो फ्यानमाझ सुलीको नामले लोकप्रिय थिइन्।

सोलो एल्बम निकालेकी सुली यसबाहेक सांगीतिक ब्यान्डमा पनि आबद्ध थिइन्। उनले २०१५ मा अभिनयको क्षेत्रमा पाइला हालेपछि सांगीतिक ब्यान्ड छाडेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell