
काठमाडौं : नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले राष्ट्रिय टिमको कप्तानबाट राजीनामा दिएका छन्। उनले नेपाल क्रिकेट संघ (क्यान) आइसिसीको निलम्बनबाट फुकुवा भएकोमा खुशी लागेको भन्दै क्यानको नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडी र स्टेकहोल्डरको सुधारको पक्षमा रहेको हेर्न चाहेको बताएका छन्।
'मैले कप्तानकाे भूमिकाबाट राजीनामा दिने निर्णय गरेकाे छु।' उनले लेखेका छन्, ' नेपाली कृकेटलाई अघि बढाउन ताजा र कमिटेड भिजनकाे आवश्यकता छ।'
उनले नेपाली क्रिकेट नयाँ तरिका र सोचबाट अघि बढ्न चाहेको बताउँदै राजीनामा दिएका उल्लेख गरेका छन्।
खड्काले सबै खेलाडी, प्रशिक्षक, अम्पायर, ग्राउन्डसम्यान, साथी तथा परिवारलाई धन्यवाद दिँदै कप्तानी छाेडेका हुन्।