PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

महरालाई अदालत पुर्‍याइयो

महरालाई अदालत पुर्‍याइयो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : बलात्कार आरोपमा प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतमा हाजिर गराइएको छ। नर्भिक अस्पतालमा भर्ना भएका महरालाई सरकारी वकिल कार्यालयपछि जिल्ला अदालत काठमाडौं लगिएको हो।

उनलाई म्याद थपका लागि अदालत लगिएको हो। असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आराेप महरामाथि लागेको छ। महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि असोज १९ गते अदालतको अनुमतिले प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell