PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

इनास फिल्म अवार्डमा 'बुलबुल'लाई शीर्ष तीन उपाधी, स्वस्तिमा र विपिन उत्कृष्ट घोषित



पहिलोपोस्ट

इनास फिल्म अवार्डमा 'बुलबुल'लाई शीर्ष तीन उपाधी, स्वस्तिमा र विपिन उत्कृष्ट घोषित

काठमाडौं : ‘इनास फिल्म अवार्ड-२०७६’को छैठौं संस्करण सम्पन्‍न भएको छ। सोमबार आयोजित अवार्ड वितरण कार्यक्रममा फिल्म 'बुलबुल' उत्कृष्ट घोषित भयो।

बुलबुलले उत्कृष्ट फिल्मसहित तीन अवार्ड जित्यो। फिल्मका लागि निर्देशक विनोद पौडेल उत्कृष्ट निर्देशक र अभिनेत्री स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको उपाधी जितेका हुन्।

उत्कृष्ट अभिनेताको अवार्ड भने फिल्म ‘प्रसाद’का लागि विपिन कार्कीले पाए। फिल्म प्रसादबाटै सुशील पौडेलले उत्कृष्ट पटकथा लेखनको अवार्ड पाए।

फिल्म 'गोपी'का लागि निर्देशक दीपेन्द्र लामा र 'छक्कापञ्जा ३'का लागि दीपा श्री निरौलालाई जुरी अवार्ड प्रदान गरियो।

छक्कापञ्जाको तेस्रो संस्करणबाटै पुरुषोत्तम प्रधान उत्कृष्ट छायाँकार र दीपक शर्मा उत्‍कृष्ट संगीतकार घोषित भए। दीपकले फिल्‍मको पहिलो नम्बरमा… बोलको गीतमा संगीत दिएका थिए।

कुल ११ विधामा प्रदान गरिएको अवार्डमा यस्ता छन् अन्य अवार्ड सूची:

उत्कृष्ट सम्पादक: निमेश श्रेष्ठ (साँइली)

उत्कृष्ट नृत्य निर्देशक: कविराज गहतराज (भैरे)

उत्कृष्ट गायक: प्रताप दास (रोज, फूल होइन काँडा)

उत्कृष्ट गायिकाको: प्रविशा अधिकारी (रोज, फूल होइन काँडा)

कार्यक्रममा वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई ‘इनास लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो।

यसअघि जर्मनी, नेदरल्यान्ड्स, सिक्किममा इसान फिल्म अवार्ड कार्यक्रम आयोजना भएको थियो। यो पटक भ्रमण वर्ष २०२० लाई योगदान पुर्‍याउन काठमाडौंमा कार्यक्रम आयोजना गरेको आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell