PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

'कल्पना र उर्मिला दु:खमा छन्' लिएर शिल्पी थिएटर टोली नाट्य यात्रामा



पहिलोपोस्ट

'कल्पना र उर्मिला दु:खमा छन्' लिएर शिल्पी थिएटर टोली नाट्य यात्रामा

काठमाडौं : शिल्पी थिएटरले 'शिल्पी नाट्य यात्रा' सुरु गरेको छ। थिएटर टोली कचहरी लिएर मोफसलमा निस्किएको हो। यात्रा अवधिमा टोलीले नाटक 'कल्पना र उर्मिला दु:खमा छन्' देखाउने छन्।

नाटक मोरङ, सुनसरी, बर्दिया, महेन्द्रनगर, सुर्खेत, दैलेख, जाजरकोट र रोल्पामा प्रस्तुत गरिनेछ। असोज २८ गतेबाट सुरु भएको यात्रा कात्तिक २४ मा टुंगिनेछ।

प्रस्तुत गरिने नाटक घिमिरे युवराजको परिकल्पना एवं निर्देशनमा तयार भएको हो। नाटकमा कलाकारहरु पवित्रा खड्का, संगीता उराँव, स्मारिका फुँयाल, मञ्जु श्रेष्ठ, सविन कट्टेल, रविन परियार, गोविन्द वली, ज्याक बराल, हिमाल भुजेल लगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell