PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

फिल्म 'सरौतो' मा नायिका सुमी मोक्तानको दमदार एक्सन



पहिलोपोस्ट

फिल्म 'सरौतो' मा नायिका सुमी मोक्तानको दमदार एक्सन

काठमाडौं : पछिल्लो समय प्रदर्शनमा आएको महिला केन्द्रित फिल्म 'जाइरा' मुश्किलले एक हप्ता मात्र सिनेमा हलमा टिक्यो। नेपालमा कमै मात्रामा महिला केन्द्रित फिल्महरु निर्माण भइरहँदा एकआध फिल्म मात्र व्यापारिक रुपमा सफल भएका छन्।

त्यही हुलमा हरि हुमागाईले पनि महिला केन्द्रित फिल्म 'सरौतो' निर्देशन गरेका छन्। फिल्ममा नायिका सुमी मोक्तानको दमदार एक्सन रहेको छ। यो फिल्ममा सुमी मोक्तान र सन्नी सिंहको मुख्य भूमिका रहेको छ।

काठमाडौंमा मंगलवार आयोजित ट्रेलर लन्च कार्यक्रममा बोल्दै सुमीले यो फिल्ममा एक्सन गर्लको भूमिकामा प्रस्तुत हुनको लागि आफूले दुई वर्ष मार्सल आर्ट सिकेको बताइन्। सुमी यो फिल्ममा कान नसुन्ने महिलाको रुपमा प्रस्तुत भएकी छिन्। यही भूमिकाको लागि उनले सात महिना सांकेतिक भाषाको प्रशिक्षणसमेत लिएकी थिइन्।

फिल्ममा सुमी मोक्तानसँगै सन्नी सिंह, आमिर गौतम, विजय लामा, युवराज लामा, प्रतीक दुलाल, चाँदनी मोक्तान, धीरेन शाक्य लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

बिरन्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्म कात्तिक २२ गतेदेखि देशभरि प्रदर्शन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell