PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हेर्नुस् महराको अदालती प्रक्रियाका ८ घण्टा : अस्पताल 'टू' अदालत 'टू' अस्पताल

हेर्नुस् महराको अदालती प्रक्रियाका ८ घण्टा : अस्पताल 'टू' अदालत 'टू' अस्पताल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : हिरासतमा अस्वस्थ भएको भन्दै निवर्तमान सभामुख कृष्णबहादुर महरा नर्भिक अस्पताल भर्ना भए। त्यही अस्पताल नै उनका लागि अहिले हिरासतमा रुपान्तरित भएको छ। प्रहरीको हिरासतबाट अस्पतालको हिरासतमा रहेकाले आज सरकारी वकिलको कार्यालयमा उनलाई वयानका लागि उपस्थित गराइने तय थियो। त्यसै अनुसार बिहान सरकारी अड्डा खुल्नासाथ उनलाई सरकारी वकिलको कार्यालयमा पुर्‍याइयो।

सुरुमा त उनी वयानका लागि तयार नै थिएनन्। स्वास्थ्य अवस्थालाई नै उनले वयान नदिन निहू बनाए। तर, वयान लिन बसेकाहरुले आज नभए अर्को दिन वयान नदिइ सुखै नहुने बताएपछि उनी त्यसका लागि तयार भए। उनको बयान लिइयो। अदालतले उनलाई थप ३ दिन हिरासतमै राख्न प्रहरीलाई अनुमति दियो। प्रहरीले १३ दिनको अनुमति मागेको थियो। १३ दिनमध्ये १० दिन त उनी हिरासत (अस्पतालसहित)मै रहिसकेकाले थप दिन दिन हिरासतमा रहने भएका हुन्।

यो सबै प्रकृया पूरा हुँदा करिब ८ घण्टा समय लाग्यो। कार्यालय सुरु हुनुदेखि अन्त्य हुनुसम्मै। अन्तिममा उनलाई पुन: अस्पताल नै पुर्‍याइयो। अस्पताल टू अदालत टू अस्पालातको ८ घण्टाको अवधिलाई हेर्नुस् ८ फोटोमा :

अदालततिरको यात्रामा महराको गाडी
सरकारी वकिलको कार्यालय पुगेपछि मानिसहरुको नजर उनैतिर
सरकारी वकिलको कार्यालयबाट पौने ३ घण्टापछि बाहिरिँदै महरा
छायाँले छेलिएका गाडीभित्र महरा
अब भने पुगे अदालत
अस्पतालबाट अदालततिरको यात्रामा महरा
जिल्ला अदालतबाट फेरि नर्भिक अस्पतालतिर महराको यात्रा
फेरि नर्भिक अस्पतालमा पुगे महरा


ट्रेन्डिङ पोस्ट

Ncell