PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

आफ्नै स्कुल बसले ठक्कर दिँदा पाँच वर्षीया बालिकाको मृत्यु



रासस

आफ्नै स्कुल बसले ठक्कर दिँदा पाँच वर्षीया बालिकाको मृत्यु

कावासोती : नवलपरासी पूर्व नवलपुरमा स्कूलबसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ। आफ्नै विद्यालयको बसको ठक्करबाट नवलपुरको गैँडाकोट नगरपालिका–१२ हर्कपुरस्थित जनता माध्यमिक विद्यालयमा अध्यनरत पाँच वर्षीया शान्तिमाया डिसुवाको ज्यान गएको हो।

विद्यालयको पर्खालभित्र ना ५ ख ६०२६ नं को बसले साइकलबाट झर्ने क्रममा शान्तिमायालाई ठक्कर दिएको थियो। गम्भीर रुपमा घाइते भएकी उनको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell