PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

राष्ट्रपति भण्डारी आज म्यान्मार जाँदै



पहिलोपोस्ट

राष्ट्रपति भण्डारी आज म्यान्मार जाँदै

काठमाडौँः म्यान्मारका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि पाँचदिने म्यान्मार भ्रमणमा जाँदै छिन्। बुधबार बिहान १० बजे म्यान्मार प्रस्थान गर्ने कार्यक्रम रहेको छ। 

भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले समकक्षी मिन्त, स्टेट काउन्सिलर आङ सान सुकीसँग भेट गर्नेछिन्। यस्तै, त्यहाँ रहेका नेपाली मूलका नागरिकसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्रालय र  राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी रहनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell