PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

उपनिर्वाचनको उम्मेदवार कात्तिक १० सम्म सिफारिस गर्न ने क पाको निर्देशन, संगठन विभाग विस्तार



पहिलोपोस्ट

उपनिर्वाचनको उम्मेदवार कात्तिक १० सम्म सिफारिस गर्न ने क पाको निर्देशन, संगठन विभाग विस्तार

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले उपनिर्वाचनका लागि कात्तिक १० गतेसम्म उम्मेद्वारको नामावली केन्द्रमा पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ।

ने क पाको आज बालुवाटारमा बसेको सचिवालयले बैठकले सम्बन्धित निर्वाचन क्षेत्र स्तरको कमिटी र जिल्ला कमिटीको परामर्शमा प्रदेश कमिटीले ३ जनाको नाम कात्तिक १० गतेभित्र सिफारिस गर्ने  निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

'जहाँ निर्वाचन क्षेत्रीय कमिटी बनेको छैन, त्यहाँ जिल्ला कमिटी र प्रदेश कमिटीलाई नाम सिफारिस गर्न भनिएको छ। प्रदेश कमिटीको हकमा पनि त्यही कुरा लागू हुने छ,' प्रवक्ता श्रेष्ठले भने।

यस्तै नगरपालिका र गाउँपालिकाका मेयर, उपमेयर वा अध्यक्ष, उपाध्यक्षको हकमा सम्बन्धित गाउँ वा नगर कमिटी वा जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले उम्मेदवारको निर्णय गर्ने छ। वडाको हकमा भने सम्बन्धित वडा कमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवारको निर्णय गर्नेछ।

मंसिर १४ गते संघीय, प्रदेश र स्थानीय तीनै तहका गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ।

त्यस्तै बैठकले नेताहरु अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई संगठन विभागमा सदस्य मनोनीत गर्ने निर्णय गरेको ने क पाका प्रवक्ता श्रेष्ठले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell