PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

एक साता विदेश यात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी

एक साता विदेश यात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार भ्रमणका लागि प्रस्थान गरेकी छिन्। भण्डारीलाई विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले बिदाई गरेका थिए। 

राष्ट्रपति भण्डारी शीतल निवासबाट एयरपोर्टसम्म हेलिकप्टरमा यात्रा गरेर पुगेकी थिइन्।।सडकबाट एयरपोर्ट जाँदा ट्राफिक जाम नहोस् भनेर हेलिकप्टर प्रयोग गरिएको एक सुरक्षा अधिकारीले बताए।

म्यानमार भ्रमणपछि राष्ट्रपति भण्डारी जापानी सम्राटको राज्याभिषेक समारोहमा सहभागी हुन टोकियो प्रस्थान गर्नेछिन्। भण्डारी कार्तिक ६ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell