PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

छुट्टाछुट्टै दुई हत्यामा संलग्न तीन जना पक्राउ



पी बी खड्का

छुट्टाछुट्टै दुई हत्यामा संलग्न तीन जना पक्राउ

सुर्खेत : सुर्खेत प्रहरीले छुट्टाछुट्टै दुई वटा हत्याका घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ।

गत असोज २२ गते राति जिल्लाको गुर्भाकोट नगरपालिका १ काल्चेका २५ वर्षीय यामबहादुर विकलाई उनकै घरमा गई कुटपिट गरि हत्या गरेको अभियोगमा सोही स्थानका २० वर्षीय निराजन विक र १९ वर्षीय विनोद भनिने बिनय विकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

शवको प्रारम्भिक अनुसन्धानपछि निराजनलाई सुर्खेतबाट पक्राउ गरिएको हो भने बिनयलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रवि रावलले जानकारी दिए। गत २४ गते दुवै जनालाई पक्राउ गरि जिल्ला अदालतबाट ८ दिनको म्याद थप भई अनुसन्धान भइरहेको उनले बताए।

त्यस्तै, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का ३७ वर्षीय गणेश श्रेष्ठलाई पनि पक्राउ गरिएको छ। गत २५ गते नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको बा ३ ख ५२१६ नम्बरको फोर्स गाडीभित्र विवाद हुदाँ गाडीबाट ओर्लिँदा उनी पक्राउ परेका हुन्।

भेरीगंगा नगरपालिका वडा नम्बर ४ का यामबहादुर खत्रीलाई भिरबाट धकेल्दा घटनास्थलमै मृत्यु भएको आरोपमा श्रेष्ठ पक्राउ परेको जनाइएको छ। जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell