PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

बाहुबली निर्देशक राजामौलीको 'आरआरआर'को लम्बिँदै रिलिज डेट



पहिलोपोस्ट

बाहुबली निर्देशक राजामौलीको 'आरआरआर'को लम्बिँदै रिलिज डेट

बाहुबलीपछि एसएस राजमौलीको बहुप्रतिक्षित फिल्म 'आरआरआर' ढिलो हुने भएको छ। जुलाई २०२० मा फिल्म सक्ने तयारी गरिएको भए पनि रिलिज मिति २०२१ जनवरीतिर पुग्ने भएको हो।

फिल्म निर्माण टीमसँग नजिक रहेको स्रोतका अनुसार ढिलो हुनुको मुख्य कारण दुई तेलगु स्टारको व्यस्तता प्रमुख कारण हो। फिल्ममा एनटिआर जुनियर र रामचरण तेजा लिड रोलमा छन्। दुवैको डेट मिलाएर सुटिङ अगाडि बढाउने काम सजिलो छैन। त्यसैगरी बलिउडमा एकदमै व्यस्त रहेका आलिया भट्ट र अजय देवगानको समय पनि मिलाउनुपर्ने देखिएको छ। यी दुई पनि फिल्मका महत्वपूर्ण हिस्सा हुन्। सबै स्टारहरुको समय संयोजनमा परेको समस्याले नै राजमौलीले सोचेभन्दा बढी समय लाग्ने भएको हो फिल्म तयार हुन।

अर्को स्रोत भने ढिलो हुनुको कारण राजमौली स्वयं रहेको दाबी गर्छ।

'राजा सरले फिल्ममा थप एक्सन सिक्वेन्स राख्न खोज्नु भएको छ। ती सिक्वेन्स हाई टेक हुनेछन् जुन स्टन्ट यसअघि रामचरण र एनटिआर जुनियर दुवैकोमा देखिएको छैन। राजा सर बाहुबलीमा देखिएको स्टन्टभन्दा बढी देखाउने सुरमा हुनुहुन्छ,' राजामौली नजिकको स्रोतले भन्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell