PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

नेपाली क्रिकेटरहरुले भेटे एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई



पहिलोपोस्ट

नेपाली क्रिकेटरहरुले भेटे एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई
पारस खड्काको ट्विटरबाट

काठमाडौं : नेपाली क्रिक्रेटहरुले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई भेटेका छन्। नेपाली क्रिकेट टिमको कप्तानीबाट हिजोमात्र राजीनामा दिएका पारस खड्का, अभिनास बोहोरा, सोमपाल कामी, नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवाल लगायतले खातुनलाई भेटेका हुन्।

अस्पतालमा खातुनलाई भेटेको तस्बिर हाल्दै खड्काले मुस्कान प्रेरणाको श्रोत भएको बताएका छन्। 'मुस्कान हामी सबैका लागि प्रेरणा श्रोत हुन्। इश्वरले उनलाई जीवनभरि मुस्कुराइ रहने प्रेरणा दिउन्,'  खड्का अगाडि लेख्छन्, 'सरकारले एसिड आक्रमणजस्ता जघन्य अपराध गर्नेहरुविरुद्ध बलियो एक्सन लिनुपर्छ।'

 

तेजाब आक्रमणमा परेकी वीरगन्जकी १४ वर्षीया मुस्कानको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै खातुनलाई एक युवकले एसिड प्रहार गरेका थिए।

यसअघि गायक राजु लामा, मिस नेपाल २०१८ शृंखला खतिवडालगायतले उनलाई भेटेर हौसला प्रदान गरेका थिए। त्यस्तै बलिउड अभिनेताहरुले समेत खातुनलाई भिडियो सन्देश पठाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell