PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

महिला क्रिकेट लिग आजबाट सुरु, पहिलो खेलमा चितवन विजयी



पहिलोपोस्ट

महिला क्रिकेट लिग आजबाट सुरु, पहिलो खेलमा चितवन विजयी

काठमाडौं : आजबाट शुरु भएको महिला क्रिकेट लिग (डब्लुसिएल)मा चितवन राइनोजले विजयी सुरुवात गरेको छ।

कीर्तिपुरस्थित टियू मैदानमा सुरुवाती ब्याटिङमा उत्रिएको क्याट क्वीन्स काठमाडौंले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ९२ रन बनाएको थियो। काठमाडौंका लागि ओपनर रश्मी चौंलागाइँले सर्वाधिक ३४ रनको योगदान दिइन्। त्यस्तै सरस्वती चौधरीले १५ रन बनाउँदा अन्य खेलाडीको ब्याटिङ चल्न सकेन। यता चितवनका लागि सन्तोषी चौधरीले ३ विकेट तथा कविता गौतम र रेखा रावलले समान २/२ विकेट लिएका थिए।

९३ रनको लक्ष्य पछ्याएको चितवनले १८ दशमलव ३ ओभरमा ५ विकेट गुमाए भेट्टायो।

चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रनको योगदान दिइन्। त्यस्तै रितु कनौजियाले १४ रन बनाउँदा ओपनर काजल श्रेष्ठले ११ रन बनाइन्। चितवनका लागि प्यारी चौधरीको अभिजित २४ रन महत्वपूर्ण रह्यो। काठमाडौंका लागि इश्वरी श्रेष्ठले २ विकेट तथा संगिता राई, लक्ष्मी साउद र सरस्वती कुमारीले समान १/१ विकेट लिए पनि काठमाडौंको हार टर्न सकेन।

प्रतियाेगितामा पाँच टिमकाे सहभागिता रहेकाे छ। जसमा ललितपुर फ्याल्कोन्स, पोखरा पल्टन, क्याट क्वीन्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटन्स रहेका छन्।

 प्रतियोगिताको विजेता टोलीले ७ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

'पारसलाई भेटेँ, पछिल्लो घटनाक्रमबारे छलफल भयो' : क्यान अध्यक्ष

नेपाल क्रिकेट एसोसिएसन (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले नेपाली क्रिकेट पुरुष टिममा देखिएको पछिल्लो घटनाक्रमका बारेमा कप्तान पारस खड्कासँग कुराकानी भएको बताएका छन्। उनले टिममा देखिएको विषय चाडै मिल्ने पनि उल्लेख गरे।

उनले भने, 'मेरो पारससँग भेट भइसकेको छ, हामीले टिममा देखिएको पछिल्लो घटनाक्रमबारे कुराकानी गरेका थियौँ। यो विषय चाडै सर्ट आउट हुन्छ।'

त्यसअघि डब्लुसिएलको उद्घाटन समारोहमा चन्दले राजीनामा फिर्ता लिन पारससँग आग्रह गरेका थिए। चन्दले क्यानको अध्यक्षमा निर्वाचित भएपछि पारससँग पहिलोपल्ट भेट गरेका हुन्। त्यसअघि ह‌ङकङ र ओमानमा भएको क्रिकेट सिरिजका कारण पारस देश बाहिर थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell