PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वीरगन्ज भन्सारको सफ्टवेयरमा समस्या आउँदा भारतीय गाडीलाई 'इन्ट्री' र 'एक्जिट' गर्न समस्या



राधेश्याम पटेल

वीरगन्ज भन्सारको सफ्टवेयरमा समस्या आउँदा भारतीय गाडीलाई 'इन्ट्री' र 'एक्जिट' गर्न समस्या
फाइल फोटो।

वीरगन्ज : वीरगन्ज भन्सारको सफ्टवेयरमा आएको समस्याका कारण भारतबाट सामान लिएर नेपाल छिर्ने गाडीका चालक सास्ती भोग्न बाध्य भएका छन्। वीरगन्ज भन्सारले प्रयोग गरेको 'आसिकुडा' सफ्टवेयरका कारण कोलकाताबाट टेलरमा कार लिएर आउँदा सास्ती भोग्नुपरेको भारतीय चालकहरुले गुनासो गरेका छन्।

वीरगन्ज भन्सारको आइसिपीमा कार लिएर भारत फर्केका गाडीहरुको भन्सारको आसिकुडा सफ्टवेयरमा 'एग्जिट' (बाहिरिएको) गरेको देखिँदैन। सोही नम्बरको गाडी दोस्रो पटक कार लिएर आइसिपी यार्डमा कार अनलोड गरी फर्किने क्रममा '१२ नम्बर कोड' देखापर्छ र सो कोड हटाउन आइसिपीको मूल्यांकन शाखा र नेपाल इन्टरमोडेल यातायातको कार्यालय धाउनुपर्ने समस्या रहेको चालकहरुको भनाइ छ।

दोस्रो पटक कार लिएर आउने अधिकांश गाडीहरुमा यस्तो समस्या देखा पर्न गएको एक चालकले बताए। दुई वटा कार्यालयमा दिनमा चार पटकसम्म ओहोरदोहर गर्नुपर्दा चालकहरुको करीब एक दिन बर्बाद हुने गरेको उनको भनाइ छ।

१२ नम्बर कोड लागेपछि गाडी 'एग्जिट' गराउन च्यानल लगाउने काम हुन सक्दैन। जबसम्म गाडीको नम्बर च्यानल लाग्दैन तबसम्म गाडी भारत फर्किन पाउँदैनन्।

वीरगन्ज भन्सारका एक अधिकारीका अनुसार यस्तो १२ नम्बर कोड लागेका हजारभन्दा बढी भारतीय गाडीको सूची भन्सारको सफ्टवेयरमा थुप्रिएको छ। यस विषयमा वीरगन्ज भन्सारका सूचना अधिकारी मनीष महतोले त्यस्तो समस्या भइरहेको स्वीकार्दै आगामी दिनमा समस्या न्यूनिकरणको लागि सफ्टवेयर अपडेट गरी वा नेपाल इन्टरमोडेललाई 'इन्ट्री' र 'एग्जिट'को व्यवस्थापन गर्न दिने सल्लाह भइरहेको प्रतिक्रिया दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell