PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

तीन लाखमा मृगौला किनबेच गरेको भन्दै निदान अस्पतालका सिइओ र डाक्टरसहित ५ जना पक्राउ



पहिलोपोस्ट

तीन लाखमा मृगौला किनबेच गरेको भन्दै निदान अस्पतालका सिइओ र डाक्टरसहित ५ जना पक्राउ

काठमाडौं : प्रहरीले मानव अंग मृर्गौला किनबेच गरेको अभियोगमा निदान अस्पतालका सीइओ सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

मानव बेचबिखन व्यूरोको टोलीले विशेष सूचनाका आधारमा पाँच जनालाई नियन्त्रणा लिएको हो। व्यूरोले बुधवार पत्रकार सम्मेलन गर्दै घटनाको जानकारी दिएको छ। ३ लाख रुपैयाँमा मृगौला किनबेच भएको थाहा पाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

उनीहरुले नक्कली आफन्त खडा गरेर मृगौला किनबेच गरिएको प्रहरीको अनुसन्धानमा देखिएको छ। बिरामीलाई मृगौला आवश्यक परेमा रगतको नाता पर्नेले मात्र दिन मिल्ने कानुनी व्यवस्था छ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा घर भएका शंकरलाल लामा, काठमाडौंका विपेन्द्र प्रधान, सप्तरी कन्चनपुर नगरपालिका घर भएका कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, र रामचन्द्र आलेलाई नियन्त्रणमा लिएको हो। बिपेन्द्र अस्पतालका सिइओ हुन्। राजेश पन्त अस्पतालका चिकित्सक भएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell