PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कप्तान नावेदसहित युएईका ३ खेलाडी आइसिसीको निलम्वनमा



पहिलोपोस्ट

कप्तान नावेदसहित युएईका ३ खेलाडी आइसिसीको निलम्वनमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले बुधवार युएईका कप्तान मोहम्मद नावेदसहित ३ क्रिकेटरलाई भ्रष्टाचारको आरोप लगाएको छ।

नावेदसहित टप अर्डर ब्याट्सम्यान साइमन अनवर र दाँयाहाते बलर कादिर अहमद माथि भ्रष्टाचारको आरोप लागेको हो। यी तीनबाहेक महरदीपलाई पनि आइसिसीलाई सहयोग नगरेको आरोप छ।

आइसिसीले भनेको छ, 'युएईका ३ खेलाडीलाई आइसिसीको भ्रष्टाचारविरोधी नियम तोडेको १३ आरोप लगाइएको छ। र खेलाडीहरुलाई तत्काल प्रभाव हुनेगरी निलम्बित गरिन्छ।'

आइसिसीले कप्तान मोहम्मद नावेदलाई आइसिसीको २ वटा नियम उल्लंघन गरेको आरोप छ। जसमा अरुलाई अनावश्यक प्रभावमा ल्याउन खोजेको लगायतको आरोप छ। त्यस्तै कादिर अहमद खानलाई ६ वटा आइसिसीको धारा लागेको छ। जसमा भित्री जानकारीहरु बाहिर दिएको, उनीमाथि गरिएको जाँचमा असहयोग लगायतका आरोप छन्।

त्यस्तै साइमन अनवरलाई २ वटा धारा लगाइएको छ। जसमा कुनै खेलको बारेमा अनुचित प्रभावमा ल्याउन खोजेको लगायतको आरोप छ।

यी तीन खेलाडीबाहेक महरदीप छायकारलाई पनि आइसिसीले एउटा आर्टिकल लगाएको छ। जसमा अनुसन्धानमा असहयोग गरेको भन्ने छ।

आइसिसीले खेलाडीहरुलाई आरोपबारे जवाफ पठाउन १४ दिनकाे समय दिएकाे छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell