PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाइते



पहिलोपोस्ट

चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाइते

भरतपुरः चितवनमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। ना १३ प ६७०३ नंको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले भरतपुर महानगरपालिका–१० सिर्जनाचोकमा ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–४ यज्ञपुरीका भविस केसीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। मोटरसाइकलमा सवार तनहुँ आबुखैरहनीका २२ वर्षीय सुशान्त अधिकारी र १९ वर्षीय प्रशान्त अधिकारी घाइते भएका छन्। उनीहरु दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

घाइते प्रशान्तको अवस्था गम्भीर र सुशान्तको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र ट्रकका चालक फरार रहेकाले खोजी कार्यलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell