PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

मध्यरातमा विप्लव समूहको बैठकमा प्रहरीको छापा, विप्लवका दाजुसहित २१ जना पक्राउ



पहिलोपोस्ट

मध्यरातमा विप्लव समूहको बैठकमा प्रहरीको छापा, विप्लवका दाजुसहित २१ जना पक्राउ

तुलसीपुरः दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

त्यहाँ विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले गएराति १ः०० बजे उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड इञ्चार्ज वीरजङ्ग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको हो। चन्द ‘विप्लव’ का दाजु हुन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell