PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाली फुटबल टोली आज बेलुकी नेपाल फर्कँदै



पहिलोपोस्ट

नेपाली फुटबल टोली आज बेलुकी नेपाल फर्कँदै

काठमाडाैं : नेपाली राष्ट्रिय फुटबल टोली अस्ट्रेलिया र जोर्डनसँग विश्वकप छनोटको दोस्रो चरण अन्तर्गतको 'ग्रुप स्टेज'को खेल खेलेर आज नेपाल फर्कँदै छ।

असोज २३ गते अस्ट्रेलिया र २८ गते जोर्डनसँग 'अवे' खेल खेलेको नेपाल दुवै खेलमा पराजित भएको थियो। नेपाल अस्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० ले पराजित भएको थियो।

नेपाली टोली फ्लाइ दुबईको विमानबाट आज बेलुकी साढे ६ बजे नेपाल आइपुग्ने छ।

नेपाल रहेकाे समूह 'बी' मा अस्ट्रेलिया र जोर्डन क्रमशः तालिकाको पहिलो र दोस्रोस्थानमा रहेका छन्। लगातार ३ खेल जितेको अस्ट्रेलियाको ९ अंक छ भने २ जित र १ बराबरीमा रोकिएको जोर्डनको ७ अंक छ।

तालिकाको तेस्रो स्थानमा ३ खेल खेलेर १ जित, १ हार र १ बराबरीमा रोकिँदै ४ अंक बनाएको कुवेत छ। पाँचौं स्थानमा भने ४ खेल खेलेर १ जित र ३ पराजय भोगेको नेपाल छ। तालिकाको पुछारमा ३ खेल खेलेर जितविहीन रहेको चाइनिज ताइपेई छ।

नेपाल समूह चरणको पहिलो खेलमा कुवेतसँग ७-० ले पराजित भएको थियो। त्यस्तै दोस्रो खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको थियो। त्यस्तै तेस्रो खेलमा अनुभवी अस्ट्रेलियासँग ५-० गोलान्तरको पराजय भोगेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell