PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

१०० बलको क्रिकेट प्रतियोगिता 'द हन्ड्रेड', फरक फर्म्याटमा अटाउलान् त सन्दीप?



पहिलोपोस्ट

१०० बलको क्रिकेट प्रतियोगिता 'द हन्ड्रेड', फरक फर्म्याटमा अटाउलान् त सन्दीप?
फोटो : ECB/PA/ICC ।

'द हन्ड्रेड' क्रिकेट १०० बलको आक्रामक क्रिकेट हो। महिला र पुरुष दुवै विधामा हुने यस प्रतियोगितमा विश्वभरबाट छानिएका खेलाडीहरु आठ टिममा बाँडिनेछन्। इंग्ल्यान्ड र वेल्समा हुन गइरहेको यो प्रतियोगिता ५ हप्तासम्म चल्नेछ।

यो प्रतियोगितामा बर्मिङ्गम फोनिक्स, लन्डन स्पीरिट, म्यानचेस्टर ओरिजिनल, नर्थन सुपर चार्जर्स, ओभल इन्भिन्सिबल, साउथ्रन ब्रेभ, ट्रेन्ट रकेट्स, वेल्स फायर रहेका छन्। 

यो अरु क्रिकेट फर्म्याट भन्दा छोटो र केही फरक छ। यो फर्म्याटमा एक इनिङमा १०० बल हुन्छ। यसमा एउटा बलरले अधिकतम २० बल गर्न पाउँछ। यसमा २५ बलको पावर प्ले हुनेछ। हरेक १० बलपछि 'स्ट्राइक रोटेट' गरिने नियम हुन्छ। 

द हन्ड्रेडको 'ड्राफ्ट' (खेलाडी छनौट) २० अक्टोबरमा हुँदैछ। दुई चरण गरेर खेलाडी छनोट हुनेछ। पहिलो चरणमा इङ्ल्यान्डका स्टार खेलाडीहरुले एकएक टिमको प्रतिनिधित्व गर्नेछन्। दोस्रो चरणमा ड्राफ्टबाट टिमले खेलाडीहरु लिनेछन्। 

द हन्ड्रेडको ड्राफ्टमा ५ सय ७० जना खेलाडी समावेश छन्। जसमा ३३१ जना इंग्ल्यान्ड/वेल्स बाट हुनेछन् भने बांकी २३९ खेलाडी बाहिरी देशबाट छनौट गरिनेछ। 

पछिल्लो समय विभिन्न ठूला फ्रेन्चाइज लिगहरुमा सहभागिता जनाइसकेका नेपालका सन्दीप लामिछाने पनि द हन्ड्रेडको ड्राफ्टमा परेका छन्। इङल्यान्ड र वेल्समा आयोजना हुने द हन्ड्रेडमा उनी अनुबन्धित भएको खण्डमा १ लाख पाउन्ड पाउने छन्।

प्रतियोगितामा ओभरसिज खेलाडीहरुलाई पाँच भागमा वर्गीकरण गरिएको छ। जसमा १ लाख २५ हजार पाउने समूहमा क्रिस गेल, लाथिस मालिङ्गा, कागिसो रबाडा, स्टेभेन स्मीथ, मिचेल स्टार्क, डेभिड वार्नर रहेका छन्। 

त्यस्तै १ लाख पाउन्डमा साकिव अल हसन, मोहम्मद अमिर ट्रेन्ट बोल्ट, ब्राभो, राशिद खान, सन्दीप लामिछाने, ग्लेन म्याक्सवेल, शेन वाटसन लगायतका १७ खेलाडी समावेश छन्। 

७५ हजार पाउन्डमा बाबर आजम, सहाब खान, मिचेल मार्स, निकोलस पोरन लगायताका १३ खेलाडी समावेश छन्। ६० हजारको समूहमा सहिन अफ्रिदी, मार्टिन गुप्टील, सोहिब मल्लिक, मुजिव उर रहमान लगायतका १५ खेलाडीहरु छन्। त्यस्तै ५० हजारको समूहमा मोहम्मद अब्बास, उसमान ख्वाजा, जेम्स प्याटिन्सन लगायत २२ खेलाडी छन्। ४० हजार पाउन्डको समूहमा भने ४५ जना र नो रिजर्ब प्राइसमा १२१ जना खेलाडी रहेका छन्।

त्यस्तै घरेलु खेलाडीहरुलाई पनि ६० हजार, ५० हजार, ४० हजार र नो रिजर्भ प्राइसमा बाँडिएको छ।

टुर्नामेन्ट १७ जुलाई २०२० देखि १६ अगस्ट सम्म हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell