PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

नेकपा सुदुर पश्चिम प्रदेशले माग्यो पर्यटकीय पूर्वाधारमा बजेट



पहिलोपोस्ट

नेकपा सुदुर पश्चिम प्रदेशले माग्यो पर्यटकीय पूर्वाधारमा बजेट

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) सुदुरपश्चिम प्रदेशले भ्रमण वर्ष २०२० का लागि सुदुरपश्चिममा रहेका पर्यटकीय स्थल तथा पूर्वार्धार विकासका लागि बजेट माग गरेको छ।

प्रदेश कमिटीको बैठकले सुदुरपश्चिममा रहेका पर्यटकीय स्थल तथा पूर्वार्धार विकासका लागि आवश्यक बजेट र जनशक्ति उपलब्ध गराउन माग गरेको हो।

बैठकले प्रदेशको राजधानीका विषयमा पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रदेश सरकारको प्रस्तावको निर्णय छिट्टै गरिदिन सरकारसँग आग्रह गरेको छ।

त्यस्तै मंगलवार बसेको उक्त बैठकले प्रदेशको विकासका लागि सडक, विद्युत, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा यथोचित बजेट विनियोजन र परिचालनको माग गरेको छ।

स्थानीय पदाधीकारीहरुको लागि विशेष प्रशिक्षण दिन तयारी पनि प्रदेश कमिटीले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell