PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

डब्लुसिएल : पहिलो खेलमा रुविनाको अर्धशतकमा काठमाडौंको जित



पहिलोपोस्ट

डब्लुसिएल : पहिलो खेलमा रुविनाको अर्धशतकमा काठमाडौंको जित

काठमाडौं : महिला क्रिकेट लिग (डब्लुसिएल)को आज भएको पहिलो खेलमा क्याट काठमाडौंकी कप्तान रुविना क्षत्रीले कीर्तिमानी अविजित ८३ रनको सहायतामा क्याट क्वीन काठमाडौंले पोखरा पल्टनलाई पराजित गरेको छ। उत्कृष्ट प्रदर्शन गरेको काठमाडौंले पोखरा पल्टनलाई ८२ रनले पराजित गरेको हो।

पहिला ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो। काठमाडौंका लागि रुविनाको ८३ सँगै रोमा थापाको १९ रन शोभा आलेको १२ रन र इश्वरी विष्टको १० रनबाहेक अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। यता पोखराका लागि अनुराधा चौधरीले ४ विकेट लिए पनि टिमको हार टार्न सकिनन्।

१५३ को ठूलो लक्ष्य पछ्याएको पोखरा ७० रनमा अलआउट भएको थियो। पोखराका लागि कप्तान सीता राना मगरको १७ रन तथा बिन्दु रावलको १३ रनबाहेक अरु खेलाडीले दोहोरो अंकमा स्कोर जोड्न सकेनन्। पोखरा पल्टनलाई सस्तैमा समेट्न सरस्वती कुमारी र अप्सरी बेगमले समान २/२ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell