PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

ललितपुर फाल्कनमाथि बिराटनगर टाइटन्सको सानदार जित, ज्योती पाण्डेको अर्धशतक



पहिलोपोस्ट

ललितपुर फाल्कनमाथि बिराटनगर टाइटन्सको सानदार जित, ज्योती पाण्डेको अर्धशतक
तस्बिर: डब्लुसिएल

काठमाडौं : महिला क्रिकेट लिग (डब्लुसिएल)को आज भएको दोस्रो खेलमा बिराटनगर टाइटन्सले ललितपुर फाल्कनमाथि ४ विकेटको शानदार जित निकालेको छ।

आज कीर्तिपुरस्थित टियु मैदानमा भएको दोस्रो खेलमा ललितपुरले सुरुवाती ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको थियो। ललितपुरका लागि ममता चौधरीले सर्वाधिक २८ रनको योगदान दिँदा करुणा भण्डारीले २१ रन बनाइन्। त्यस्तै कृती सेन र सम्झना खड्काले समान १३/१३ रन बनाउँदा अन्य खेलाडीले भने दोहोरो अंकको रन जोड्न सकेनन्। यता ललितपुरलाई सामान्य रनस्कोरमा रोक्न सबनम राई र आरती बिडारीले १/१ विकेट लिए।

यता १२३ रनको लक्ष्य लिएर उत्रिएको बिराटनगर टाइटन्सका लागि ज्योती पाण्डेले अर्धशतकीय पारी खेलिन्। उनले ४३ बलमा ६५ रन बनाउँदै टिमको रन उकासिन्।

पहिलो विकेटका लागि पाण्डे र सोनु खड्काले ८३ रनको साझेदारी गरेका थिए। खड्काले २४ रनको योगदान दिएकी थिइन। विराटनगरको खेल खस्कँदै गर्दा अस्मिना कर्माचार्यको अविजित १२ रन महत्वपूर्ण रह्यो।

आजै भएको पहिलो खेलमा क्याट काठमाडौं क्वीनकी कप्तान रुविना क्षत्रीले कीर्तिमानी अविजित ८३ रनको सहायतामा काठमाडौंले पोखरा पल्टनलाई पराजित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell