PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

यस्ता छन् आजको मन्त्रिपरिषदका ११ निर्णय



पहिलोपोस्ट

यस्ता छन् आजको मन्त्रिपरिषदका ११ निर्णय

काठमाडौं: मन्त्रिपरिषद्को आजको बैठकले विभिन्न ११ निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले नियमित पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्को निर्णय सार्वजनकि गरेको छ।
 
बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णय

१. व्यवसाय सञ्चालनमा सहज वातावरण निर्माणका लागि संस्थागत संरचना स्वीकृत,

२. कात्तिक ५ र ६ गते काठमाडौंमा हुने नेपाल-बंगलादेश बाणिज्य महाचिवस्तरीय प्राविधिक समितिको चौथो बैठकमा सहभागी हुन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १४ सदस्यीय वार्ता टोली गठन,

३. बाँके जिल्ला साविक नेपालगन्ज नगरपालिका वडा नम्बर २ का मृतक अधिराजकुमार शर्माका पिता जयलाल शर्मालाई दश लाख रुपैयाँ र काभ्रे जिल्ला पाँचखाल नगरपालिका वडा नम्बर ४ बस्ने सानुमाया लामालाई तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने,

४. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको लागि उपयुक्त उम्मेद्वार सिफारिश गर्न गृह मन्त्रालयका सचिव प्रेम कमार राईको संयोजकत्वमा गठित सिफारिश समितिको म्याद थप,

५. सरकारी, सार्वजनिक, गूठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरूको हिनामिना सम्बन्धी छानबीन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को सामान समितिको म्याद २०७६ मंसिर २८ सम्म थप,

६‌. नेपाल र फ्रान्सका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामरा संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई सहमति दिइएको,

७. China's Provision of Military Assistance Gratis to Nepal मा नेपालको तर्फबाट हस्ताक्षर गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई स्वीकृति

८. निम्न प्रयोजनका लागि बनक्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ: 

क) तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाका लागि भोजपुर जिल्लाको षडानन्द नगरपालिका-१ स्थित राष्ट्रिय बन क्षेत्रको १.३७ हेक्टर जग्गा

ख) मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाका लागि बेशीसहर नगरपालिका लगायतमा रहेको सामुदायिक र राष्ट्रिय वन क्षेत्रको १६.२८ हेक्टर जग्गा 

ग) भेरीगंगा नगरपालिका बस पार्क निर्माण र सञ्चालनका लागि वडा १२ मा रहेको राष्ट्रिय वन क्षेत्रको २.१५ हेक्टर जग्गा

घ) माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजनाका लागि लम्जुङ जिल्ला दोदी गाउँपालिकामा रोको गष्ट्रिय वन क्षेत्रको १.३१७ हेक्टर जग्गा 

ङ) चुनढंगा उत्खननका लागि बाराही मेरिज प्रा.लि लाई तनहुँ जिल्लाको व्यास नगरपालिकाअन्तर्गतको सामुदायिक र राष्ट्रिय बन क्षेत्रको ४.८५ हेक्टर जग्गा

च) चुनढंगा उत्खननका लागि कसमस सिमेण्ट प्रा लि लाई उदयपुर जिल्लमाको उदयपुरगढी गाउँपालिकामा रहेको राष्ट्रिय बन क्षेत्रको ४.९९ हेक्टर जग्गा 

छ) चुनढंगा उत्खननका लागि ललितपुर जिल्लाको गोदाबारी नगरपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको ४.२० हेक्टर जग्गा

९. रेडियो नेपालको नाममा रहेको खुमलटारस्थित जग्गा रेडियो नेपालबाट माग भएबमोजिम प्रतिआना ४० लाखका दरले हुन पाउने रकम नेपाल दूरसञ्चार प्राधिकरणले रेडियो नेपाललाई उपलब्ध गराउने निर्णय,

१०. तुलसीपुर नगर विकास समिति दाङको नाममा रहेको तुलसीपुर उपमहागरपालिका वडा नम्बर ९ मा पर्ने जम्मा ९०१३.३६ वर्ग मिटर जग्गा तुलसीपुर नगर विकास समितिको निमायानुसार उच्च अदालत, तुलसीपुरलाई उपलब्ध गराउन स्वीकृति

११. नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell