PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

अबैध माछासहित दुई भारतीय पक्राउ, उनीहरुलाई छुटाउन आफन्तसँग रकम असुल्ने धनगढीका ४ जना नियन्त्रणमा



एम बम

अबैध माछासहित दुई भारतीय पक्राउ, उनीहरुलाई छुटाउन आफन्तसँग रकम असुल्ने धनगढीका ४ जना नियन्त्रणमा
फोटो : जिल्ला प्रहरी कार्यालय कैलाली।

कैलाली : कैलाली प्रहरीले हिरासत मुक्त गराइदिने भनेर रकम असुलेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। प्रहरीको हिरासतमा रहेका २ भारतीय नागरिकलाई छुटाइदिने भनेर १ लाख रकम लिएको आरोपमा प्रहरीले कैलालीको धनगढी निवासी ४ जनालाई पक्राउ गरेको हो।

गत सोमबार कैलालीको त्रिनगर नाका भएर भारतको लखिमपुर खिरी बस्ने अकवर अलि र मोहमद अलि २ क्विन्टल अवैध माछासहित भन्सार पार गरेर नेपाल भित्रिएका थिए। चेकजाँचका लागि धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा खटिएको प्रहरीको टोलीले उनीहरूलाई जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले पशु क्वारेन्टाइनको रोहबरमा बरामत भएको माछा नष्ट गरेको छ।

प्रहरीको हिरासतमा रहेका उनीहरु मंगलवार आगामी दिनमा यस्ता क्रियाकलाप नगर्ने शर्तमा रिहा भएका थिए। तर बजारमा प्रहरीले पैसा असुलेर छोडेको आरोप लागेपछि प्रहरीले फेरी उनीहरूलाई पक्राउ गरी अनुसन्धान थाल्दा अर्कै रहस्य खुलेको हो।

प्रहरीको अनुसन्धानबाट हिरासतमा राखिएका दुवैजनालाई हिरासत मुक्त गराइदिने भन्दै पक्राउ परेका दुवैजनाका आफन्तलाई बोलाएर सोमबार धनगढी उप–महानगरपालिका वडा नम्बर २ का २९ वर्षीय गुड्डु भनिने सुमित सिंह र वडा नम्बर ३ का विनोद शर्माले १ लाख रकम मागेको खुलेको छ। आफन्तसँग उनीहरूले ६० हजार नगद र ४० हजारको चेक लिए पनि हिरासतमा रहेका व्यक्तिहरू नछुटेपछि दुबैजनाले आफन्तलाई रकम फिर्ता गरिदिए।

मंगलवार दुवैजना रिहा भएपछि आफन्तसँग आफूहरूको पहलमा उनीहरू रिहा भएको भन्दै चार जनाले १ लाख रकम लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए। पक्राउ पर्नेमा सुमित सिंह, सुमन शर्मा, धनगढी उप–महानगरपालिका वडा नम्बर ३ बस्ने विनोद शर्मा र वडा नम्बर १ बस्ने २१ वर्षीय हरिस् कवाडी रहेका छन्।

हरिस् कवाडीका साथबाट प्रहरीले ६० हजार नगद र ४१ हजारको चेक बरामद गरेको हो। यसैबिच भारत लखिमपुर खिरीका ३० वर्षीय हाइदर अलीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी अबैध माछा ल्याएको आरोपमा पक्राउ परेका अकबरका दाइ हुन्। उनीहरूसहित हाईदर अलि बुधवार पक्राउ परेका हुन् भने माछा ल्याउने २ जना मंगलवार दोस्रो पटक पक्राउ गरेका थिए।

पक्राउ परेका सातै जनाका विषयमा अनुसन्धान जारी रहेको बस्नेतले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell