PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

सिन्धुपाल्चोकको पाँचपोखरीमा एक युवकको विभत्स हत्या



पहिलोपोस्ट

सिन्धुपाल्चोकको पाँचपोखरीमा एक युवकको विभत्स हत्या
प्रतीकात्मक तस्विर

मेलम्चीः सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गएराति एक युवकको विभत्स हत्या गरिएको छ। पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।

हत्यामा संलग्न सोही गाउँपालिकाका २३ वर्षीय मिलन स्याङ्बो र  २४ वर्षीय बमबहादुर स्याङबो फरार छन्। उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिए।

शव परीक्षणका लागि मेलम्ची ल्याइएको छ। बिहीबार दिउँसो उनीहरुबीच सामान्य विवाद भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell