PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

विप्लव समूहका दुई कार्यकर्ता नवलपुरबाट पक्राउ



पहिलोपोस्ट

विप्लव समूहका दुई कार्यकर्ता नवलपुरबाट पक्राउ

कावासोतीः जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले नेत्रविक्रम चन्द विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ। उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको हो।

नवलपरासीपूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१० मजुवाखोलाबाट प्रहरीले विप्लव समूहका जिल्ला सदस्य ३५ वर्षीय गणेश विक र २६ वर्षीय गोविन्द विकलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell