PahiloPost

Nov 6, 2025 | २१ कात्तिक २०८२

वीरगंजका होटेलमा बालश्रम, महानगरले गर्‍यो चार बालबालिकाको उद्धार



पहिलोपोस्ट

वीरगंजका होटेलमा बालश्रम, महानगरले गर्‍यो चार बालबालिकाको उद्धार

वीरगंजः वीरगंज महानगरपालिकाका बालश्रम अन्त्यका लागि अनुगमन र उद्धार कार्य अघि बढाएको छ। बालमैत्री महानगर बनाउने अभियान अन्तर्गत सरोकारवालाको संलग्नतामा अनुगमन र उद्धार थालिएको हो। मेयर विजय सरावगीले बालश्रम गराउनेलाई कारबाही गर्ने बताएका छन्।

पटक-पटक बालश्रम अन्त्य गर्न होटेल, रेस्टुरेन्टलाई सूचित गरे पनि सञ्चालकहरूले अटेर गरेको महानगरको भनाई छ। बालश्रम अन्त्य नभएपछि बिहीबारदेखि महानगरले अनुगमन र बालबालिकाको उद्धार कार्य सुरु गरेको छ।

मेयरसहितको टोलीले वीरगंजको माइस्थान, मिना बजार र होटेल क्राउन प्लाजा रोजबाट चार जना बालबालिकाको उद्धार गरेको छ। बालबालिका परिवारको जिम्मा लगाउने महानगरको तयारी छ।

अनुगमन टोलीले एक पटकको लागि होटेल व्यवसायीहरूलाई चेतावनी दिँदै पुनः यस्तो कार्य नगराउन चेतावनी दिएको छ। बालश्रम प्रयोग भएको पाइएमा कारबाहीको चेतावनी पनि अनुगमन टोलीले दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell