PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

मन्त्रिमण्डल हेरफेर प्रधानमन्त्रीको क्षेत्राधिकार हो, उहाँले जे सोच्नुहुन्छ त्यही हुन्छ : प्रचण्ड



पहिलोपोस्ट

मन्त्रिमण्डल हेरफेर प्रधानमन्त्रीको क्षेत्राधिकार हो, उहाँले जे सोच्नुहुन्छ त्यही हुन्छ : प्रचण्ड

कैलालीः नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले तत्काल मन्त्रिमण्डल हेरफेर नहुने बताएका छन्।

शुक्रवार बिहान धनगढी विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले तत्कालका लागि मिडियामा चर्चा भए अनुसार मन्त्रीमण्डल पुनर्गठनको सम्भावना नरहेको बताएका हुन्। अध्यक्ष दाहालले भने ‘यति जना मन्त्री फेरिने भए रे, यी यी आउन थाले रे भनेर व्यापक हल्ला फैलिएको छ त्यसमा कुनै सत्यता छैन, यो कुरा मलाई नसोधिए हुन्थ्यो भन्ने जस्तो लाग्छ। यो प्रधानमन्त्रीको क्षेत्राधिकार भित्रको कुरा हो। उहाँले जे सोच्नुहुन्छ त्यही हुन्छ। म पार्टी अध्यक्ष त हो। सल्लाह उहाँले पक्कै गर्नुहुन्छ।'

त्यस्तै चिनिया राष्ट्रपतिको भ्रमण ऐतिहासिक भएको बताउँदै उनले नेपालको सम्बन्ध भारत र चीनसँग सुधार हुँदै गएको पनि बताएका छन्।

अध्यक्ष दाहालले अबको विकास सुदूरपश्चिममा बढी केन्द्रित हुनुपर्ने बताएका छन्। सुदूरपश्चिम विगतमा पनि पछाडि पारिएको भएकाले अबको समृद्धि यतातिर केन्द्रित हुनुपर्नेमा उनको जोड छ। ‘सुदूरपश्चिम पछाडि पारिएको हो भन्ने अवस्था थियो नै विगतमा‘अब सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएर निर्वाचन पछि विकास  र समृद्धितिर मुलुक गइसकेको अवस्थामा विकास सुदूरपश्चिममा अलि बढी केन्द्रित हुनुपर्छ की भन्ने हाम्रो धारणा छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell