PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

गुन्डा नाइके 'बाघे' पक्राउ : १८ वटा गिट्टी बालुवा डिपोमा प्रहरी छापा



पहिलोपोस्ट

गुन्डा नाइके 'बाघे' पक्राउ : १८ वटा गिट्टी बालुवा डिपोमा प्रहरी छापा

काठमाडौं : गुन्डा सन्देश (बाघे) पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले गुन्डागर्दी गर्दै आएका लामालाई शुक्रवार नियन्त्रणमा लिएको हो।

स्वयम्भू, बालाजु लगायतका क्षेत्रमा तामाङले गुन्डागर्दी गर्दै आएका थिए। प्रहरीले तामाङलाई ठगी अभियोगमा नियन्त्रणमा लिएको हो।

'बालुवा, गिटीलगायतमा ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको हो,' महाशाखाका एसएसपी सहकुल थापाले भने।

तामाङलाई स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको हो। तामाङ दीपक मनाङ्गे गुटमा रहेर गुन्डागर्दीमा सक्रिय रहँदै आएका थिए। गुन्डा नाइके तामाङ यसअघि पनि विभिन्न अभियोगमा ८ पटक भन्दाबढी पक्राउ परिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell