PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

नेपाली राष्ट्रिय फुटसल टिमको बिदाइ, पहिलो प्रतिस्पर्धा ताजकिस्तानसँग



पहिलोपोस्ट

नेपाली राष्ट्रिय फुटसल टिमको बिदाइ, पहिलो प्रतिस्पर्धा ताजकिस्तानसँग
तस्बिर: एन्फा

काठमाडौं : एएफसी फुटसल च्याम्पियनसिपको क्वालिफायर्सका लागि इरान जाने नेपाली फुटसल टोलीलाई एन्फाले आज एक कार्यक्रमबीच बिदाइ गरेको छ।

नेपाली टोलीलाई एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले बिदाइ गरेका हुन्।

प्रतियोगिता २३ अक्टोबर देखि २५ अक्टोबर सम्म इरानमा आयोजना हुनेछ। प्रतियोगितामा नेपाल समूह 'ए' मा छ। समूह 'ए' मा नेपालसँगै अफगानिस्तान, ताजकिस्तान र उज्बेकिस्तान छन्।

 त्यस्तै समूह बी मा इरान, किर्गिस्तान र तुर्कमेनिस्तान छन्।

नेपालले पहिलो खेलमा ताजकिस्तानसँग २३ अक्टोबरमा खेल्नेछ। त्यस्तै दोस्रो खेलमा २४ अक्टोबरमा उज्बेकिस्तानसँग र तेस्रो खेलमा २५ तारिक अफगानिस्तानसँग खेल्नेछ।

नेपाली टिम

अनिस श्रेष्ठ, सुमित आले, सञ्जोग चाम्लिङ राई, सरोज तामाङ, आदिल हमिद, अभय राणा, अरुज सिंह, बिजय श्रेष्ठ, बिजय गुरुङ, सुरज गुरुङ, बिनोद गुरुङ, आशिस लामा, मनि लामा, निर्मल गुरुङ

मुख्य प्रशिक्षक विष्णु गुरुङ

प्रशिक्षक गौरव बस्नेत



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell