PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वैज्ञानिक समाजवादमा पुग्न रोक्नेलाई खरानी पार्ने 'विप्लव'को चेतावनी



पहिलोपोस्ट

वैज्ञानिक समाजवादमा पुग्न रोक्नेलाई खरानी पार्ने 'विप्लव'को चेतावनी
फाइल फोटो।

काठमाडौं : नेत्रविक्रम चन्द्र 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता कार्यकर्ता पक्राउको प्रतिरोध गर्ने चेतावनी दिएको छ।

महासचिव विप्लवले राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षणका क्रममा बुधवार राती आफ्ना दुई दर्जन नेता-कार्यकर्ता पक्राउको विरोध गरेका हुन्।

विप्लवद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, 'श्रमिक जनताको अधिकार, देशको स्वाधीनताका पक्षमा र राष्ट्रघात, भ्रष्टाचार, करछली, महँगी, तस्करीका विरुद्ध लडिरहेका हाम्रा नेता–कार्यकर्तामाथिको दमनको कडा प्रतिरोध गरिने स्पष्ट गर्दछु।’

उनले वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई रोक्न खोज्नेलाई खरानि पार्ने चेतावनी समेत दिएका छन्।

'हामी हरेक गद्दारी, ठक्कर र बलिदानबाट किञ्चित् विचलित नभई अरु स्पातिलो बन्दै जानेछौँ। हाम्रो वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न सक्नेछैन। जसले रोक्न खोज्दैछ अन्तिममा ऊ नै खरानी हुनेछ,' विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell