PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

मोफसलको यात्रामा 'छ माया छपक्कै' टोली



पहिलोपोस्ट

मोफसलको यात्रामा 'छ माया छपक्कै' टोली

फिल्म 'छ माया छपक्कै' युनिट मोफसल यात्रामा छ। दर्शकसँग प्रत्यक्ष भेट तथा अन्तर्क्रियाका लागि टोली काठमाडौं बाहिरका शहरको यात्रामा निस्किएको हो।

दिपक राज गिरी, सुपुष्पा भट्ट, दीपाश्री निरौला, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल लगायतले पहिलो दिन हेटौंडाका दर्शकसँग प्रत्यक्ष भेट गरेर प्रतिक्रिया लिए।

कार्तिक १ गते (आज) चितवन पुग्नेछन्। त्यस्तै टोलीको आगामी कार्यक्रम पोखरा, बटुवल र भैरहवामा २ गते हुने निर्माता तथा निर्देशन सल्लाहकार दीपाश्री निरौलाले जानकारी दिएकी छिन्।

'तय भएका शहरमा दर्शकसँगको भेट गरिसकेपछि अन्य शहरका लागि तालिका बनाउँदै छौं,' उनले भनिन्।

दीपेन्द्र लामा निर्देशित फिल्म असोज २४ गते प्रर्दशनमा आएको हो। 'छ माया छपक्कै'ले कुनै एक गाउँले भोगेको पानीको अभावको व्यथालाई पर्दामा उतारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell